एनसेलको कारोबार ३७ अर्बमा झर्यो, डेटाको प्रयोग बढ्दा पनि किन घट्दै छ बजार ?

Oct 11, 2023 12:36 PM Merolagani



निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले सन् २०२२/२३ मा ३७ अर्ब ४४ करोड रुपैयाँको कारोबार गरेको छ । एनसेलले अघिल्लो वर्ष २०२१/२२ मा ३९ अर्ब ७२ करोड रुपैयाँको कारोबार गरेको थियो ।

हालै एनसेल आजियाटाले सार्वजनिक गरेको तथ्याङकले एनसेलको बजार हिस्सा २०२२/२३ मा ५४ प्रतिशतमा पुगेको छ । एनसेलले २०२०/२१ मा ४० अर्ब ४२ करोड रुपैयाँ र २०१९/२० मा ४६ अर्ब ८७ करोड रुपैयाँको कारोबार गरेको थियो ।

६१ प्रतिशतसम्म पुगेको एनसेलको बजार घट्दो क्रममा रहेको छ । एनसेलसँग भ्वाइसको बजार हिस्सा ५० प्रतिशत र डेटामा ५७ प्रतिशत बजार हिस्सा छ। डेटाको प्रयोग र त्यसको बजार हिस्सा बढ्दै गएकाले कम्पनीको प्रति ग्राहक औसत आम्दानी बढ्दै जाने जनाएको छ ।

 

एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व आजियाटा समूह र बाँकी २० प्रतिशत नेपाली कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिसँग छ। एनसेलले हाल नेपाल भर फोरजी विस्तार अन्तिम चरणमा पुर्याएको छ ।

त्यस्तै फाइभजी परिक्षणका लागि पनि नियामक दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयमा अनुमति मागेको छ । तर, लामो समय भइसक्दा पनि फाइभजीको परिक्षण अनुमति पाउन सकेको छैन् ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।