टेवामा टेकेर उक्लियो हिमालयन लघुवित्त, हेरौँ कम्पनी विश्लेषण

Oct 14, 2023 06:06 PM Merolagani



यस साता लघुवित्त उपसमूहको परिसूचक ३.३८ प्रतिशत घटेको छ। गत साता ३६२३.६३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १२२.५३ अंक घटेर ३५०१.१० विन्दुमा झरेको छ। सोही उपसमूहको एक कम्पनी हो, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (HLBSL)।

लघुवित्तको शेयरमूल्य यस साता १४९ रुपैयाँ घटेको छ। गत साता ७५६ रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयर, यस साता ६०७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

टेवामा टेकेर उक्लियो

यस साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्य टेवा क्षेत्रमा टेकेर उक्लिएको छ। सो दिन लघुवित्तको शेयर न्यूनतम ५८६ रुपैयाँ ६० पैसासम्म कारोबार भएको थियो। हाल लघुवित्तको टेवा क्षेत्र ५७० देखि ५९० सम्म रहेको छ। आगामी दिनमा लघुवित्तको शेयरमूल्य उकालो लागेमा ६४० देखि ६६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

डेथ क्रशओभर

यस साता लघुवित्तको २५ दिने एसएमएमएले ५० दिने एसएमएमएलाई माथिबाट काटेर तल झरेको छ। यसलाई डेथ क्रशओभर भनिन्छ। यसले आगामी दिनमा लघुवित्तको शेयरमूल्य घट्ने संकेत गर्दछ। त्यसैगरी, लघुवित्तको १० दिने एसएमएमए र २५ दिने एसएमएमए बीचको दूरी घटेको छ।

बिक्रीकर्ता हाबी

यस साता साप्ताहिक रुपमा पनि लघुवित्तको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसले यस साता लघुवित्तको शेयरमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता लघुवित्तको शेयरमूल्य घटेपनि भोल्यूम भने बलियो देखिएको छ। यस साता लघुवित्तको दैनिक औषतमा १५ हजार १८४ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको २० दिने औषत भोल्यूम १२ हजार ३७९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा लघुवित्तको गत साताको दैनिक औषत भोल्यूम २२.६५ प्रतिशत बढी हो।

बियरिश क्रशओभर

साताको पहिलो कारोबार दिन नै लघुवित्तको एमएसिडीमा बियरिश क्रशओभर बनेको थियो। जस अनुसार यस साता लघुवित्तको शेयरमूल्य घटेको छ। यस साता लघुवित्तको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, लघुवित्तको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता लघुवित्तको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता लघुवित्तको शेयर खरिदबिक्री चाप सन्तुलनामा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

हिमालयन लघुवित्त वित्तीय संस्थ लिमिटेड अर्थात साविकको सिभिल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.५२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.०९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.३३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७९.०४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४७ प्रतिशतबाट २.३७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १ रुपैयाँ ९१ पैसा रहेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५.०८ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ १ पैसा घटेर ४ रुपैयाँ ८१ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६८ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात १२६.२ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ४.२२ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको ३१ लाख ९८ हजार १८१.३० कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य ६५३ रुपैयाँ २१ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य ८०५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ५६७ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण १ अर्ब ९४ करोड १२ लाख ९६ हजार ४९ रुपैयाँ १० पैसा रहेको छ।

ब्रोकर ६२ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ६२ ले लघुवित्तको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको १३ हजार ५३६ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ५८ ले लघुवित्तको साढे १० हजार कित्ता शेयर खरिद गरेको छ। लघुवित्तको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर पनि ६२ नै रहेको छ। यस साता सो ब्रोकरले लघुवित्तको करिब ३५ हजार कित्ता शेयर बिक्री गरको छ।

मूल्य घट्ने डर बढ्दै

फियर एण्ड ग्रीड मिटरमा लघुवित्तको शेयर अहिले फियर जोनबाट विस्तारै एक्सट्रीम फियर जोनतर्फ झरिरहेको छ। यसले बजारमा लगानीकर्ताहरुमाझ लघुवित्तको शेयर मूल्य घट्छ भन्ने डर बढेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)