ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घट्यो, कति प्रतिशत घट्यो ?

Oct 18, 2023 01:23 PM merolagani



नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घटाएको छ। बोर्डको आज बसेको सञ्चालक समिति बैठकले किमिशन र शुल्क दुवै घटाउने निर्णय गरेको हो।

बोर्डले कमिसन र शुल्क दुबैमा १० प्रतिशतले घटाएको बताइएको छ। “आज बसेको सञ्चालक समिति बैठकले ब्रोकर कमिसन र सेबोन शुल्क १०/१० प्रतिशतले घटाउने निर्णय गरेको छ” नेपाल धितोपत्र बोर्डका सञ्चालक सुरकृष्ण वैधले मेरो लगानीसँग भने।

उनका अनुसार बजारमा लगानीकर्ताको मनोबल उकास्नको लागि कमिसन र शुल्क घटाउने निर्णय गरिएको हो। नयाँ ब्रोकरलाई समेत मर्का नपर्ने गरी उक्त शुल्क घटाइएको वैधको भनाई छ। अर्कोतर्फ ब्रोकरको मात्रै शुल्क घटाउने तर सबोनले लिने शुल्क भने कहिल्यै नघटाउने  अवस्थाको अन्त्य गर्दै यस पटक भने सेबोनले लिने शुल्कमा पनि १० प्रतिशत घटाइएको हो।

आउने दिनमा यस अघि जुन जुन स्ल्याबमा शुल्क लाग्ने गरेको थियो त्यसैमा १० प्रतिशत घट्ने बताइएको छ।

 

 

 




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।