गत आर्थिक वर्ष घोराही सिमेन्ट्सको खुद नाफा घट्यो

Oct 20, 2023 09:22 AM Merolagani



घोराही सिमेन्ट्स इन्डिष्ट्री लिमिटेड (GCIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुबै घटेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.३३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २१ करोड रुपैयाँ खुद नाफ कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी घटेको र खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.६७ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ८० करोड रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले, गत आर्थिक वर्षमा ४ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.५४ प्रतिशत घटेको छ भने अन्य आम्दानी २७.६० प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा घटेर १ रुपैयाँ ३४ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५६ पैसा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष २२.०३ प्रतिशत घटेको छ।




comments powered by Disqus

वाणिज्य बैंकहरुको खुद नाफा साढे २१ प्रतिशत बढ्यो, कुन बैंकले कति कमायो?

Oct 23, 2024 08:52 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।