खर्च नियन्त्रण गरेपछि यूनिलिभरको नाफा उल्लेख्य बढ्यो

Nov 10, 2023 06:47 AM Merolagani



युनिलिभर नेपाल लिमिटेड (UNL) चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी सामान्य बढेसँगै खर्च नियन्त्रण गर्न सफल भएपछि खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.७५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा २ अर्ब २४ करोड ११ लाख रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३.११ प्रतिशत बढेको छ भने कुल खर्च १०.०३ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९२० रुपैयाँ ३० पैसा बढेर २ हजार ३९९ रुपैयाँ ५७ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १६.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५ हजार ३३७ रुपैयाँ रहेको छ।




comments powered by Disqus

वाणिज्य बैंकहरुको खुद नाफा साढे २१ प्रतिशत बढ्यो, कुन बैंकले कति कमायो?

Oct 23, 2024 08:52 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।