बोटलर्स नेपालका दुबै कम्पनीहरुको नाफा उल्लेख्य घट्याे

Nov 17, 2023 06:06 AM Merolagani



बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार यी दुबै कम्पनीको आम्दानी र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बोटलर्स नेपाल (BNL) ले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको बिक्री आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १८.७२ प्रतिशत घटेर ३ अर्ब २६ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको कुल नाफा २१.१९ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ४.४३ प्रतिशत र सञ्चालन मुनाफा ५०.९५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५७३ रुपैयाँ १६ पैसा घटेर १९० रुपैयाँ ९६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २२४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२ गुणा रहेको छ।

१९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।

यता बोटलर्स नेपाल (तराई) (BNT) ले असोज मसान्तसम्ममा १३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको बिक्री आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १७.५१ प्रतिशत घटेर २ अर्ब ४६ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको कुल नाफा १९.११ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ५६.४१ प्रतिशत र सञ्चालन मुनाफा ४४.२७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६०७ रुपैयाँ ४४ पैसा घटेर ४३९ रुपैयाँ ७९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २३५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २९ गुणा रहेको छ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ७९ करोड २९ लाख रुपैयाँ सञ्चित छ।




comments powered by Disqus

वाणिज्य बैंकहरुको खुद नाफा साढे २१ प्रतिशत बढ्यो, कुन बैंकले कति कमायो?

Oct 23, 2024 08:52 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।