बिक्री आम्दानीसँगै घट्यो हिमालयन डिष्टिलरीको नाफा

Nov 10, 2023 06:47 AM Merolagani



हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.२४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २९.७० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९७ करोड १८ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३८.७० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.५५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रूपैयाँ ५२ पैसा घटेर १७ रुपैयाँ ३२ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०७.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ४१ पैसा रहेको छ।




comments powered by Disqus

वाणिज्य बैंकहरुको खुद नाफा साढे २१ प्रतिशत बढ्यो, कुन बैंकले कति कमायो?

Oct 23, 2024 08:52 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।