सिटिजन्स, एभरेष्ट र सानिमा बैंकले पठाए शेयरधनीको खातामा पैसा, सानिमाले साधारणसभा गरेकै दिन लाभांश पठाएर गर्यो ‘चमत्कार’

Oct 20, 2023 01:17 PM Merolagani



सिटिजन्स बैंक, एभेष्ट बैंक र सनिमा बैंकले शेयरधनीको खातामा पैसा पठाएका छन् । सानिमा बैंकले साधारणसभा गरेकै दिन लाभांश खातामा पठाएर ‘चमत्कार’ गरेको हो ।

सिटिजन्स बैंक दशैंअघि लाभांश दिनेमा पहिलो बैंक, दोस्रोमा एभरेष्ट बैंक भएको छ भने तेस्रो हुनेमा सानिमा बैंक भएको छ ।

वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंकले शेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश खातामा पठाएको छ ।

यसैगरी एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । एभरेष्ट बैंकले बुधबार शेयरधनीको खातामा नगद लाभांश पठाएको हो ।

सानिमा बैंकले कात्तिक २ गते अर्थात हिजै बिहीबार साधारणसभा गरेर शेयरधनीको खातामा लाभांश पठाइदिएको छ । सानिमा बैंकले ९ प्रतिशत बोनस र करसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभाशं वितरण गरेको छ ।

ती तीन बाहेक अन्य केही बैंकले साधारणसभाबाट लाभांश पारित गराइसकेका भए पनि शेयरधनीको खातामा भने लाभांश पठाएका छैनन् । सिटिजन्स, एभरेष्ट र सानिमा बैंकले दशैँको मुखमा लाभांश पठाएर शेयरधनीलाई दशैँ अघि नै दक्षिणा दिएको छन् ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।