चौधरी समुहले भित्र्याउदै नथिङ इलेक्ट्रोनिक ब्रान्ड, नथिङ स्मार्टफोन र स्मार्टवाच आउँदै

Nov 01, 2023 11:58 AM Merolagani



पछिल्लो समय विद्युतीय गाडी भित्र्याउन आक्रमक देखिएको व्यापारिक घराना चौधरी समुहले नेपालमा नयाँ इलेक्ट्रोनिक ब्रान्ड भित्र्याउने भएको छ ।

बुधबार चाैधरी समुहका निर्देशक निर्वाण चौधरीले समाजिक सञ्जाल मार्फत नथिङ ब्रान्डसँग सहकार्य गर्न लागेको जानकारी दिएका छन् । नथिङ स्मार्टफोन, स्मार्ट वाच र एयरपड उत्पादन गर्दै आएको चिनियाँ ब्राण्ड वनप्लसका सहसंस्थापक समेत रहेका कार्ल पेईले तीन वर्षअघि नथिङ स्टार्टअप स्थापना गरेका थिए ।

अब सीजीले नेपाली बजारमा नथिङ ब्राण्डका उत्पादन आधिकारिक रूपमा बिक्री वितरण गर्नेछ ।

बुधबार यसका लागि हालै चौधरी ग्रुप प्रबन्ध निर्देशक निर्वाण चौधरी र नथिङका संस्थापक कार्ल पेईबीच साझेदारी भएको निर्वाण चौधरीले जनाएका छन् ।

सीजीका अनुसार  नथिङका उत्पादन नेपाली बजारमा केहि समय भित्रै उपलब्ध हुने बताएको छ । हाल नथिङले स्मार्टफोन, स्मार्टवाच, इयरबडलगायतको उत्पादन गर्दै आएको छ ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।