नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको असोज महिनासम्म सार्वजनिक गरेको विवरणमा जीवन बीमाको दायरा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशमा अपेक्षित रूपमा विस्तार हुन नसकेको हो ।
प्राधिकरणले हरेक प्रदेशमा कार्यालयहरु विस्तार गरेर बीमा सचेतनाका कार्याक्रमहरु संञ्चालन गर्दै आएको छ । प्राधिकरणले बीमाको दयारा बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेतापनि अपेक्षित रुपमा नतिजा आउन नसकेको हो ।
हाल सञ्चालनमा आएका जीवन बीमा कम्पनीहरुले ४ लाख ९ हजार ८० बीमालेख जारी गरी ४० अर्ब ८० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन ।
प्राधिकरणले सार्वजनिक गरेको असोज महिनासम्मकाे विवरणमा बीमा शुल्क आर्जनको आधारमा जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशले मात्रै उत्साहजनक प्रगति भएको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क मध्ये ४७.३७ प्रतिशत रहेको छ । बागमतीमा ९७ लाख ९९ हजार ६१५ बीमालेख बिक्री गरि १९ अर्ब ३२ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशमा १४.२४ प्रतिशत अर्थात ५ अर्ब ८१ करोड रुपैयाँ, कोशी प्रदेशमा ११.८५ प्रतिशत अर्थात चार अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन ।
साथै, गण्डकी प्रदेश प्रतिशतमा चार अर्ब एक करोड रुपैयाँ, मधेशमा तीन अर्ब ४४ करोड रुपैयाँ र सुदरपश्चिम प्रदेशमा दुई अर्ब २४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यस अवधिमा कर्णाली प्रदेशमा सबै भन्दा कम बीमा शुल्क आर्जन भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा कर्णाली प्रदेशमा एक लाख ७५ हजार २०३ वटा बीमा लेखबाट एक अर्ब १२ करोड रुपैयाँ मात्रै आर्जन भएको हो । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको २.७४ प्रतिशत मात्रै हुन आउँछ ।
सावधिक जीवन बीमामा आकर्षण
जीवन बीमा कम्पनीहरुले बिक्री गर्दै आएका योजनाहरु मध्ये सावधिक जीवन बीमा योजना बीमितहरुको आकर्षण देखिएको छ । चालु आार्थिक वर्षको असोज महिनामा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणमा त्यस्तो देखिएको हो ।
असोजमा सावधिक बीमा अन्तर्गत जीवन बीमा कम्पनीहरुले २० लाख ८४ हजार ५५७ वटा बीमालेख जारी गरी १७ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको ४२.८७ प्रतिशत रहेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा एकल बीमा शूल्क जीवन योजनामा सबै भन्दा थोरै अर्थात ०.६१ प्रतिशत आकषर्ण रहेको पाइन्छ । यस अवधिमा एकल बीमा शूल्क जीवन बीमा योजना मार्फत ३५ हजार १६२ बटा बीमा लेखबाट २४ करोड ८२ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाबाट २२.२७ प्रतिशत अर्थात ९ अर्ब १२ करोड ९९ लाख रुपैयाँ, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा १४.५२ प्रतिशत अर्थात ५ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ, रुपान्तरित जीवन बीमा १२.७० प्रतिशत अर्थात ५ अर्ब २० करोड ६० लाख रुपैयाँ योगदान रहेको छ ।
साथै आजिवन जीवन बीमाको २.८२ प्रतिशत, लघु जीवन बीमा तथा बैदेशिक रोजगार म्यादी जीवन बीमा १.६७ प्रतिशत र म्यादी जीवन बीमाको ०.८८ प्रतिशत योगदान रहेको छ ।