सुनको भाउ लगातार दोश्रो दिन सस्तियाे, कतिमा झर्याे ?

Nov 07, 2023 12:39 PM Merolagani



सुनको भाउ लगातार दोश्रो दिन सस्तिएको छ । कात्तिक २१ गते, मंगलबार सुन तोलामा ४०० रुपैयाँले गिरावट भएको छ । चाँदी पनि यस दिन प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि सुनको भाउ ओरालो लागेको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले घट्दा प्रतितोला एक लाख १५ हजार ४०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । पछिल्लो दुई दिनमा सुन प्रतितोला ९०० रुपैयाँले गिरावट भइसकेको छ ।

मंगलबार चाँदीको मूल्यमा सस्तिएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार १५ हजार ४०० रुपैयाँ कायम रहेको थियो ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Jan 21, 2025 07:00 AM

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।