आम्दानी घटेपनि यस कारण भयो एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा धनात्मक

Nov 10, 2023 07:14 AM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी आम्दानी घटेपनि खुद नाफा भने धनात्मक रहेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा ८८ लाख ८३ हजार रुपैयाँ धनात्मक भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४५ लाख ४९ हजार रुपैयाँ ऋणात्मक थियो।

कम्पनीको आम्दानी घटेपनि वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनबाट नाफां भएका कारण खुद नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४१.९३ प्रतिशत घटेको छ भने कुल खर्च ३.९० प्रतिशत मात्र घटेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५२.४६ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा १ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन नाफा, चालु आर्थिक वर्षको सोही अवधिमा ७६ लाख ५२ हजार धनात्मक भएको छ। जसका कारण कम्पनीको नाफा पनि धनात्मक हुन पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३४.९४ गुणा रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।