एचआईडिसीएलको नाफा बढ्यो, ईपीएस कति?

Nov 11, 2023 09:56 AM Merolagani



हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसीएल (HIDCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३७ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.६६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३२ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको वित्तयि आम्दानी र अन्य आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ८.१३ प्रतिशत बढेर ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ८ हजार रुपैयाँबाट बढेर १ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५५ पैसा बढेर ६ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.४९ गुणा रहेको छ।

२२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा १५.४१ प्रतिशत बढेर २ अर्ब २८ करोड २६ लाख रुपैयाँ पुगेको छ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।