चाडपर्व मनाएसँगै काठमाडौं फर्किनेको भीड

Nov 17, 2023 05:32 PM Merolagani



नेपालीहरुको महान चाड विजया दशमी र दीपावली मनाएर काठमाडौं उपत्यका फर्किनेहरुको संख्या बढेको छ । काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् ।

सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरुको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरु राजधानीका सडकहरुमा बाक्लै देखिन्छन् ।

सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाडौं उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् । काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा शुक्रवार घरबाट काठमाडौं फर्किनेहरुको चहलपहल बाक्लो देखिन्छ ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।