यसकारण बढ्नै पर्ने देखिन्छ बजार

Nov 20, 2023 06:08 AM Merolagani



विगत २७ महिनादेखि घटेको बजार बढ्नै पर्ने देखिएकाे छ । विस्तारै विस्तारै बजारका लागि सकारात्मक समाचारहरु आउन थालेपछि बजार बढ्नै पर्ने देखिएकाे हाे ।

सुधा देवकाेटा

तिहार र छठ पर्वको लागि लामो अवधिको लागि बन्द रहेको नेप्से साेमबारदेखि खुल्ला हुँदैछ । बजार विस्तारै राम्रो गति समाउने संघारमा पुगेको लगानीकर्ताहरुको बुझाई छ ।

बजारले १८ सयको विन्दु नजिक पुगेर फर्कन कोशिस गर्दै गर्दा तिहार र छठ पर्वको लागि लामो बिदा परेको छ । यो करिव १० दिनपछि खुल्ला हुने बजारले एउटा राम्रो यात्रा तय गर्ने लगानीकर्ताहरुको आंकलन छ । बजार सुधारका लागि विस्तारै सकारात्मक समाचारहरु आउँदै गर्दा बजार बढ्ने आशा लगानीकर्ताले गरेका हुन् ।

निरन्तर रुपमा घटेको बजार छ । नेप्सेको उच्च विन्दुलाई आधार मान्दा बजार पूँजीकरण पनि निकै घटिसकेको छ । राम्रा कम्पनीहरुको शेयर मूल्य पनि न्यून विन्दुमा झरेको छ । यो अवस्थामा बजारमा विस्तारै खरिदचाप बढ्न सक्ने लगानीकर्ताहरुको बुझाई छ ।

दोहोरो अंकमा रहेकाे अधिकांश बैंकहरुकाे ब्याजदर एकल अंकमा झरेकाे छ। अब विस्तारै कर्जाकाे ब्याजदर पनि घट्ने देखिन्छ। औसत सिडि रेसियो ८१ प्रतिशतमा रहेको छ ।

चर्को ब्याजदरका कारणले गर्दा पनि बजारमा सकारात्मक हुन नसकेको केही लगानीकर्ताहरुको बुझाई रहेको थियो । अब कर्जा लिन इच्छुकहरुले एकल अंकमा कर्जा प्राप्त गर्न सक्ने सम्भावना बढेको छ । जसले गर्दा बजारलाई प्रभावित गराएको ब्याजदरको समस्या विस्तारै साम्य हुँदै गएको छ ।

बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहेको छ । बैंकहरुले बोलाएरै ऋण दिदैछन् । घट्दो क्रममा रहेको ब्याजदरको दबाव बजारका लागि सकारात्मक भएर आउनु पर्ने लगानीकर्ता तारा फुल्लेलको बुझाई छ । बजारको नियामक निकाय धितोपत्र बोर्डले म्युचुअल फण्डहरुले आ‌रक्षणमा पाएको शेयर ६ महिनाका लागि लकिङ पिरियडको व्यवस्था गरेको छ । यसले बजारमा फण्ड मार्फत आएको सप्लाईलाई नियन्त्रण गर्ने उनको बुझाई छ ।

निरन्तर रुपमा घटेको बजार छ । नेप्सेको उच्च विन्दुलाई आधार मान्दा बजार पूँजीकरण पनि निकै घटिसकेको छ । राम्रा कम्पनीहरुको शेयर मूल्य पनि न्यून विन्दुमा झरेको छ । यो अवस्थामा बजारमा विस्तारै खरिदचाप बढ्न सक्ने लगानीकर्ताहरुको आंकलन छ ।

बजारको प्रविधिक पक्ष

बैंकहरुको ब्याजदर घट्दो क्रममा छ । तिहार अघिको हप्ता नेप्सेको एमएसिडीमा बुलिश क्रशओभर बनेको छ । यसले आगामी दिनमा बजार बढ्ने संकेत गर्दछ । एमएसिडी हिस्टोग्रामले पनि बुलिश क्रशओभरलाई सर्पोट गरेको छ । हिस्टोग्राम शून्य रेखाभन्दा माथि उक्लिएको छ । यसले बजार बुलिश हुन खोजिरहेको संकेत गर्दछ ।

निरन्तर रुपमा घटेको बजार तिहार पहिले १८१७ को टेको लगाएर १८५२ सम्म पुगेर बन्द भएको छ । दशैं तिहार बीचमा भएको दुई हप्ताको बजारमा बजारले १९०० को मनोवैज्ञानिक विन्दुलाई परिक्षण गर्दै गरेको छ ।

१८५२ वरपर आएर रोकिएको बजारमा लगानीकर्ताहरु १९१५ को प्रतिरोध ब्रेकको पखाईमा लगानीकर्ताहरु छन् । उक्त अवरोधलाई बजारले तोड्यो भने बजारमा थप लगानी भित्रने विश्वास छ । भलै दशैं र तिहारको बीचमा भएका कुनै कारोबारले पनि एक अर्बकाे भोल्यूम भएन ।

 

साथै, त्यसैगरी मेरोलगानी एआई चार्टका अनुसार अबको बजार सकारात्मक हुने संकेत गरेको छ । नेप्सेले १८१० देखि १८४० को सर्पोटजोनलाई बारम्बार परिक्षण गर्दै माथि उक्लेको छ । तिहार अघि यही जोनलाई बलियो सपोर्ट बनाएर बढ्दो क्रममा रहेको छ । यसले अब बजार उक्त बिन्दु भन्दा तल्लो विन्दुमा नझर्ने छाटकाट गर्दछ ।

 

साप्ताहिक रुपमा नेप्सेको स्पिनिङ्ग टप मैनबत्ती बनाएको छ । यसले लगानीकर्ताहरु आगामी दिनमा बजारले कुन दिशा लिन्छ भन्ने कुराले अन्योलमा रहेको संकेत गर्दछ । यस अन्योललाई घट्दो क्रममा रहेको ब्याजदरलाई सपोर्ट लिदै बजारले सकारात्मक गति समाउने विश्वास गर्न सकिन्छ ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।