बालकृष्ण खाँण रिहाको बिषयमा न्यायाधीशहरूबीचमै राय बाझियो, तेस्रो न्यायाधीशकोमा पेश हुँदै

Dec 01, 2023 04:27 PM Merolagani



नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा मुद्दा पेश हुने भएको छ । 

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ ।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनु पर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नु पर्ने राय लेखेका थिए ।

तर, अर्का न्यायाधीश खरेलले धरौटीमा छाड्ने रायमा सहमति नजनाएपछि राय बाझिएको हो । बालकृष्ण खाँणको मुद्दा भने अब तेस्रो न्यायाधीशकोमा पेश हुने भएको छ ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।