नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन

Dec 15, 2023 03:46 PM Merolagani



याे साता सुनकाे मूल्य महंगिएकाे छ । मंसिरकाे अन्तिम साता, सुनकाे भाउ प्रतिताेला एक हजार ६०० रूपैयाँले मात्र बढेकाे हाे । साताभरमा प्रायजसाे सुन सस्तिएकाे भए पनि अन्तिम २ दिन भने सुनकाे भाउ उकालाे लागेकाे थियाे ।

विश्व बजारमा सुनको मुल्य बढ्ने क्रम जारी छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै बढेको सुनको मुल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको बिश्लेषकहरुले बताएका छन्। उनीहरुले नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन समेत गरेका छन्।

विश्व बजारमा शुक्रबार सुन प्रति अउन्स ६ डलरभन्दा बढिले महंगिएकाे छ । यतिबेला सुन प्रति अउन्स २ हजार ४२ डलर बराबर काराेबार भइरहेकाे छ । लगानीकर्ताहरूले सुनमाथि लगानी थुप्राउँदा पनि सुनकाे भाउ बढेकाे हाे । अहिले सुनलाई सुरक्षित लगानी मान्दै अन्य लगानी पनि सुन तर्फ माेडिरहेका छन् । जसकारण सुनकाे माग बढिरहेकाे छ र भाउ वृद्धि भइरहेकाे छ । 

डलर भने अहिले बलियाे बनिरहेकाे छ । जसकाे दबाब सुनकाे मूल्यमाथि परिरहेकाे छ । चाँदी पनि साे बजारमा हाल २४ डलरमा खरिदबिक्री भइरहेकाे छ ।

#नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेकाे हाे । साताको पहिलो दिन आइतबार प्रतिताेला एक लाख १७ सय ५०० रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन सोमबार, मंगलबार र बुधबारसम्म घटेको थियो । बिहिबारबाट पुनः बढेको मुल्य शुक्रबार प्रतिताेला एक लाख २ हजार ११० कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन ताेलाकाे एक हजार ६०० रुपैयाँले बढी हो ।

यस साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतिताेला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियाे । चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतिताेला एक हजार ४७० रुपैयाँ कायम भयो ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।