नेपाल र भारतबीच २५ वर्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर

Jan 04, 2024 12:49 PM Merolagani



नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणको अवसर पारेर दुई देशबीच मध्यम र दीर्घकालीन ऊर्जा बिक्री सम्झौता भएको हो।

नेपाल र भारतबीच भएको २५ वर्षीय उक्त सम्झौताले विद्युत व्यापारको लागि मार्ग प्रशस्त भएको छ। १० हजार मेगावाट विद्युत् व्यापार सम्झौताले खासगरी नेपालमा उत्पादित बिजुली भारतीय बजारमा सहजै बिक्री हुने भएका छ ।

भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको रोहबरमा दुईपक्षीय सम्झौता भएको हो।

भारतीय विदेशमन्त्री जयशंकरसँगै विदेशसचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापनलगायतका अधिकारीहरू पनि नेपाल आएका छन्।

भारतीय वायुसेनाको विशेष विमानबाट विदेश मन्त्री जयशंकरसहितको टोली बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।