गत साता करिब २ प्रतिशत बढेको नेप्से यस साता के होला?

Jan 14, 2024 06:22 AM Merolagani



गत साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २०४९.२८ विन्दुमा बन्द भएको नेप्से, गत साता १.९४ प्रतिशत अर्थात ३९.७१ अंक बढेर २०८८.९९ विन्दुमा पुगेको थियो।

गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। सो साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

नेप्से अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। हाल नेप्सेको टेवा क्षेत्र २०२० देखि २०६० सम्म रहेको छ। गत साता नेप्सेले सोही क्षेत्रमा टेवा पाएर उक्लिएको थियो। आगामी दिनमा नेप्से उकालो लागेमा २२४० देखि २२८० सम्मको क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

गत साता साप्ताहिक रुपमा नेप्सेले लामो पुच्छर र टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन बनेको ग्रेभस्टोन डोजी मैनबत्तीले आगामी दिनमा नेप्से घट्ने सक्ने संकेत गर्दछ।

एआई सिग्नल

पछिल्लो समय मेरोलगानी एआई चार्टले गत डिसेम्बर २७ मा २०२० देखि २०६० को क्षेत्रमा बाइ सिग्नल दिएको थियो। हाल यो ‘पर्ख र हेर’ को अवस्थामा रहेता पनि सो क्षेत्रमा खरिद गर्ने लगानीकर्ताहरु १.४१ प्रतिशत नाफा रहेका छन्।

बलियो भोल्यूम

गत साता नेप्से बढेसँगै भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ६ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ०.७८ प्रतिशत मात्र बढी हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता बजार बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी घटेको छ भने हिस्टोग्रामको उचाई पनि घटेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।