सहकारी महासंघको अध्यक्षमा मल्ल निर्वाचित

Jan 14, 2024 08:18 AM Merolagani



सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको ३१ औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । मल्ल राष्ट्रिय सहकारी महासंघको पहिलो महिला अध्यक्षको रुपमा निर्वाचित भएकी हुन् ।

संचालक समिति २५ सदस्यीय र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो ।
वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल, उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचत भएका छन् ।

त्यसैगरी महासंघ सञ्चालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी, बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधव प्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल चयन रहेका छन् ।साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

संविधानसभा सदस्य समेत रहेकी अध्यक्ष मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य समेत भैसकेकी छिन्।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।