उनी १२ औं वार्षिक साधारण सभाबाट कम्पनीको 'ख' समुहको शेयरधनीबाट निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको साधारण सभा जर्मन होम्स हस्पिटालिटी, गठ्ठाघरमा सम्पन्न भएको थियो ।
सभाले कम्पनीको नयाँ आयोजनाहरूको पहिचान गरी लगानी गर्ने बताएको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, लेखापरीक्षण नियुक्त गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको थियो ।
दोस्रो बजारमा कम्पनीको शेयर ८९९ रूपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।