काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँका विभिन्न स्थानमा छापा हानेकाे थियाे । साेहि क्रममा प्रहरीले ९ जनासँगै नक्कली मदिरा, कच्चा पदार्थ लगायतका सामाग्रीहरू नियन्त्रणमा लिएको हो ।
बुधबार कागेश्वरी मनोहरा -५ थलिका भरत थापाको २ तल्ले पक्की घरमा बिनोद कुमार कार्कीले भाडामा लिई बसेका थिए । प्रहरीका अनुसार उनीहरुले नक्कली मदिराको कारखाना र गोदाम नै चलाइरहेका थिए । महँगा ब्राण्डहरू तथा खुकुरी, गोल्डेन वोके, सिग्नेचर लगायतका ब्राण्डको नक्कली मदिरा बजारमा पठाइने गरेकाे प्रहरीले जनाएकाे छ । यसकासाथै मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनि पानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्री नियन्त्रणमा लिएको छ ।
रामेछापकाे, खाँडादेबी गाउँपालिका वडा नं ०२ हाल मुलपानी बस्ने २८ वर्षका मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षका बिनोद कुमार कार्की, सिन्धुपाल्चोककाे चौतारा गाउँपालिका वडा नं.०३ का हाल मुलपानी बस्ने २७ वर्षका मोहन खड्का, १८ वर्षका रोशन कार्की, सिन्धुलीकाे कमलामाई नगरपालिका वडा नं. ०९ का मुलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षका लेख ब्रिकम थापा, रामेछाप, मजुवा गाउँपालिका ०३का मुलपानी बस्ने २३ वर्षीय महेश खत्री, खाँडादेवी नगरपालिकाका २० वर्षीय मनिश खत्री र काठमाडौं कागेश्वरी मनोहरा वडा नं. ०६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी प्रहरीले पक्राउ परेका हुन् ।