समिति सभापति भानुभक्त जोशीले ६ वर्षअघि टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गर्दाको अवस्थादेखि अहिलेको परिस्थितिबारे स्पष्ट दृष्टिकोण पेश गर्न निर्देशन दिए । उनले टेरामक्स खरिद गर्ने विषयमा मन्त्रालय र प्राधिकरणले गरेका नीतिगत निर्णय सहितको कागजात समितिमा पेश गर्न पनि निर्देशन दिए ।
उनले नीतिगत निर्णयपछि ठेक्का प्रक्रियामा भएका सबै डकुमेण्टहरु,सञ्चार मन्त्रालयले यो विषय सम्बन्धि अध्ययन र छानविन गरेका प्रतिवदेनहरु तथा मन्त्रालयको टेरामक्स प्रविधि र एमडिएमएस प्रणालीको विषयमा स्पष्ट धारणा के हो ? भन्नेबारे पनि स्पष्ट धारणा पेश गर्नुपर्ने बताए ।
समितिले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) र टेरामक्स प्रविधि खरिदका बारेमा मन्त्रालयबाट भएका नीतिगतदेखि सबै निर्णयहरुको विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले मन्त्रालयकै सहसचिवको संयोजकत्वमा गठन भएको छानविन समितिले तयार पारेको एमडीएमएस प्रतिवेदन पेश गर्न पनि निर्देशन दिने निर्णय गरेको छ ।