सामान्य घट्यो निफ्राको नाफा

Jan 21, 2024 08:42 AM Merolagani

निफ्रा अर्थात नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५१.२९ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड २५ लाख रुपैयाँबाट बढेर १९ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख रुपैयाँ रहको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७१ पैसा घटेर ६ रुपैयाँ ३९ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।