एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई नेप्सेमा सूचीकृत

Feb 05, 2024 01:04 PM Merolagani



माघ २२ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया ग्रोथ फण्ड २ (NICGF2) को इकाई सूचीकृत भएको छ।

यस दिन फण्डको ९ करोड ५ लाख इकाई नेप्सेमा सूचीकृत भएको हो। एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सो फण्डले १० करोड इकाई सर्वसाधारणमा निष्काशन गरेको थियो। सोमध्ये वितरण गरिएको ९ करोड ५ लाख कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो।

सो इकाई दोस्रो बजारमा कारोबार गर्नका लागि एनआईसीजीएफ २ टिकर प्रदान गरिएको छ।

फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।