बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत

Nov 09, 2025 01:04 PM Merolagani



कात्तिक २३ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुङ्गल हाइड्रो लिमिटेड (BUNGAL) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५३ लाख ९५ हजार कित्ता शेयर गरी कुल ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई बीयूएनजीएएल स्टक टिकर प्रदान गरेको छ।




सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM

फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।