आम्दानी घटेपछि नेपाल रिपब्लिक मिडिया नोक्सानीमा

Feb 09, 2024 09:00 AM Merolagani



नेपाल रिपब्लिक मिडिया (NRM) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो।

आम्दानी घटेसँगै कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ४४.८८ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी २७.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७४.५८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३९.२८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ८८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९३ पैसा रहेको छ।

९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५१ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।