नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । चाँदीको मूल्यले गत पुस १४ गते कायम तोलको ४ हजार ९३५ रुपैयाँको मूल्य मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । मंगलबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
