बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति घट्यो?

Feb 12, 2024 07:06 AM Merolagani



वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजदर ०.४० प्रतिशतविन्दु घटेको छ।

माघ महिनामा ८.१६ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर, फागुनमा घटेर ७.७५ प्रतिशतविन्दुमा सीमित भएको छ।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३७५३ प्रतिशतविन्दु घटेको छ।

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक सिटिजन्स बैंक रहेको छ। माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८.२५ प्रतिशत ब्याज दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.९० प्रतिशतविन्दु घटाएको हो।

फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।