आर्थिक अनुशासन कायम गर्नु पर्ने अर्थ मन्त्रालय नै सबैभन्दा अनुशासनहीन, मन्त्रालयहरुमध्ये सबैभन्दा बढी बेरुजु अर्थकै

May 14, 2025 06:31 PM mero lagani



देशमा आर्थिक अनुशासन कायम गर्नु पर्ने अर्थमन्त्रालय नै आर्थिक हिसाब किताबमा सबैभन्दा अपारदर्शी देखिएको छ । 

बुधबार सार्वजनिक गरिएको महालेखा परिक्षकको प्रतिबेदनका अनुसार गत आर्थिक वर्ष संघीय सरकारका २५ वटा मन्त्रालयहरुमध्ये सबैभन्दा धेरै बेरुजु अर्थमन्त्रालयको रहेको छ । प्रतिवेदनका अनुसार अर्थमन्त्रालयको बेरुजु ३३ अर्ब ७१ करोड १७ लाख रहेको छ, जुन सबै मन्त्रालयहरुको कूल बेरुजुको ७०.६१ प्रतिशत हो ।

त्यस्तै १ अर्ब भन्दा धेरै बेरुजु रहेका अन्य मन्त्रालयहरुमा भौतिक पूर्वाधार मन्त्रालयको ६ अर्ब ४३ करोड ६४ लाख, रक्षा मन्त्रालयको १ अर्ब ६७ करोड १४ लाख, भूमी व्यवस्था मन्त्रालयको १ अर्ब ५० करोड ६५ लाख, परराष्ट्र मन्त्रालयको १ अर्ब ५ करोड ३३ लाख रहेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।