विश्वका विभिन्न देशहरूमा बजेट भाषण गर्ने शैली र तरिकाहरू

May 29, 2025 05:32 AM mero lagani



सरकारले विहीबार नयाँ आर्थिक वर्षको बजेट भाषण सार्वजनिक गर्दैछ । लोकतान्त्रिक गणतान्त्रिक मुलुक नेपालमा अर्थमन्त्रीले संसदका दुवै सदनको संयुक्त वैठकमा बजेट पेश गर्ने प्रचलन छ ।

त्यो बजेटमाथि दुवै सदन अर्थात राष्ट्रिय सभा र प्रतिनिधि सभामा छलफल हुन्छ र पारित गरेपछि कार्यान्वयन प्रकृयामा अगाडि बढ्छ । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गतेदेखि नयाँ बजेट कार्यान्वयन हुन्छ । यदि संसदबाट बजेट पास भएन भने प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने व्यवस्था छ । अर्थात् सरकार ढल्छ र नयाँ सरकार गठन प्रकृया शुरु हुन्छ । त्यही सरकारले बजेट ल्याउँछ ।

यो त नेपालको कुरा भयो । बजेट भाषणले राजनीतिक व्यवस्था, परम्परा, र प्रशासनिक संरचनालाई झल्काउँछ । प्रत्येक देशमा बजेट भाषण गर्ने तरिका राजनीतिक प्रणाली, संसदको कार्यविधि, र सामाजिक-सांस्कृतिक परम्परामा निर्भर हुन्छ । केही देशमा यो निकै सार्वजनिक कार्यक्रमको रूपमा मानिन्छ भने केहीमा प्रशासनिक औपचारिकता जस्तो मात्र रहन्छ ।

विश्वमा बजेट भाषण गर्ने तरिकाहरू देश अनुसार फरक हुन्छन् । जस्तो कि:

भारत

बजेट भाषण संसदको लोकसभा (तल्लो सदन) मा अर्थमन्त्रीले दिन्छन् । यो भाषण प्रायः विस्तृत र दीर्घ हुन्छ, जसमा सरकारको आगामी वर्षको वित्तीय योजना र नीति घोषणाहरू गरिन्छ । बजेट दस्तावेज अंग्रेजी र हिन्दी दुवैमा प्रकाशित हुन्छ ।

चीन

चीनमा बजेट भाषण गर्ने तरिका अन्य राष्ट्रहरू भन्दा तुलनात्मक रूपमा फरक हुन्छ, किनभने चीन एकदलीय प्रणालीमा आधारित देश हो । बजेट प्रक्रिया र भाषणको प्रस्तुति अत्यधिक नियन्त्रित, प्रशासनिक र औपचारिक हुन्छ ।

अर्थ मन्त्रीले राष्ट्रीय जन काँग्रेस (-National People's Congress - NPC) मा वार्षिक बजेट प्रतिवेदन प्रस्तुत गर्छन् ।

बजेट भाषण एकदमै औपचारिक, संक्षिप्त र लिखित प्रतिवेदन अनुसार प्रस्तुत गरिन्छ।

तथ्याङ्कमा आधारित हुन्छ र नीतिगत घोषणाभन्दा कार्यान्वयन योजना बढी उल्लेख गरिन्छ । त्यसपछि
बजेट रिपोर्ट पेश गरेपछि एनपिसीका सदस्यहरूले मतदानमार्फत पास गर्छन् । यद्धपी एकदलिय सरकार भएकोले त्यहाँ बजेट फेल हुने सम्भावना भने रहँदैन । कुनै पनि सांसदले सरकारको इच्छा विपरित बजेटको विरुद्ध मतदान गर्न सक्दैनन् ।

संयुक्त राज्य अमेरिका

अर्थमन्त्रीले पेश गर्ने भए पनि बजेट प्रस्ताव राष्ट्रपति कार्यालयबाट कंग्रेसमा पेस गरिन्छ र त्यसपछि कंग्रेसले संशोधन र पारित गर्छ । बजेट भाषण औपचारिक र विश्लेषणात्मक हुन्छ ।

अष्ट्रेलिया

संघीय बजेट प्रधानमन्त्रीको स्वीकृति पश्चात वित्त मन्त्रीले संसदमा प्रस्तुत गर्छन् । विशेष गरी स्वास्थ्य, शिक्षा, रक्षा लगायतका विषयमा ध्यान दिइन्छ ।

जापान

बजेट भाषण जापानी संसद (Diet) मा अर्थमन्त्री मन्त्रीद्वारा पेस गरिन्छ। भाषण सादा, प्राविधिक शब्दयुक्त र छोटो हुने गर्दछ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।