नेशनल हाईड्रोले एकसाथ बोलायो बहुबर्षीय साधारणसभा, कम्पनीको अबस्था स्पष्ट पार्नेदेखि मर्जमा जानेसम्मका प्रस्ताव

Nov 17, 2016 merolagani

लामो समयदेखि बिबादको घेरामा रहेको नेशनल हाईड्रोपावर(NHPC)ले बिगतमा भएको बदमासीलाई स्पष्ट गरी कम्पनीलाई नयाँ रुपमा अगाडि बढाउने उद्धेश्यसहित एकसाथ बहुबर्षीय साधारणसभा आब्हान गरेको छ । बिगतका छ आर्थिक बर्षहरुको लेखा परीक्षण सकेर कम्पनीले अबको बाटो तय गर्न चार बर्षको साधारणसभा एकैपटक बोलाएको हो ।

नेशनल हाईड्रोले सार्वजनिक गरेको सूचनामा मंसिर १ गते बसेको संचालक समितिको बैठकले मंसिर २६ गते १६, १७, १८ र १९ औं साधारणसभा गर्ने निर्णय गरेको जनाईएको छ ।

सो साधारणसभामा बक्यौता बर्षहरुको लेखापरीक्षण प्रतिबेदनहरुमाथि छलफल गरी पारित गर्ने, गत आर्थिक बर्ष २०७२,०७३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्तावहरु छन् भने बिशेष प्रस्तावमा कम्पनीलाई अन्य जलबिद्युत कम्पनीसँग मर्जमा लैजाने वा अरुलाई मर्ज गरेर ल्याउने, अपलेखन नभएका खर्चहरु अपलेखन गर्ने लगायत छन् ।

दुईजना लेखापरीक्षकहरु एनपी एण्ड एशोसियटका अनिल पौडेल र जी एण्ड डी एशोसियटका ज्योति पाण्डेले कम्पनीको बक्यौता लेखापरीक्षणहरु गरेका हुन्।

पौडेलले अघिल्ला तीन बर्षका लेखापरीक्षणहरुको टुंगो लगाईसके पछि पाण्डेका तर्फबाट बाँकी तीन बर्षको लेखा परीक्षण गरिएको हो ।

बिगतमा एनबी समूहले धरासायी बनाएको कम्पनी अब भने नयाँ जीवन प्राप्त गरेर  अगाडि बढ्ने आशा लगानीकर्ताहरुमा पलाएको छ ।

नेशनल हाईड्रोपावरको छ बर्षको बक्यौता लेखापरीक्षण सकिन अझै कति दिन लाग्छ ?

६ वटा साधारणसभा एकैसाथ गर्ने तयारीमा छौ - प्रकाश रजौरे, प्रबन्ध निर्देशक, नेशनल हाईड्रो

मुद्धै मुद्धामा जेलिएको नेशनल हाईड्रोको खुद नाफा बढ्दा लगानीकर्ता किन हौसिने ?

शेयर बजारमा धोका नखाने हो भने पढ्नैपर्ने केही काण्डहरु

नयाँ जीवन प्राप्त गरेको घोषणा : नेशनल हाईड्रो, बिशेष साधारणसभा

नेशनल हाईड्रोः यस्तो बदमासीको भारी बोकेर कहाँ पुग्ने ?

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।