तपाईले पाँच वर्ष पुरानो नगद लाभांसहरु संकलन गर्नु भयो ? अब पनि नगरे कम्पनी रजिष्टरले लैजाने पक्का !

Mar 27, 2017 Merolagani

यो महिनाको सुरुवात भएसँगै अधिकांस सुचिकृत कम्पनीहरुले लगानीकर्तालाई नगद लाभांस संकलनका लागि आग्रह गर्दै धमाधम सूचना प्रकाशित गरिरहेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले लगानीकर्ता संरक्षण कोष कार्यान्वायनमा ल्याए पछि सो कोषमा पाँच वर्ष पुरानो लगानीकर्ताले नलगेको नगद लाभांस जम्मा हुने क्रम बढेको छ ।

सुचिकृत कम्पनीहरुले प्रकाशित गरेको सूचना अनुसार चैत महिना भित्रमा तपाईले आफ्नो पाँच वर्ष पुरानो नगद लाभांस संकलन नगरे त्यो स्वतः कोषमा जम्मा हुने भएको हो । कोषमा पाँच वर्ष पुरानो लाभांस जम्मा गराउनु पर्ने व्यवस्थाले लगानीकर्ताको सहजातका लागि सुचिकृत कम्पनीले ताकेता गरेका हुन् ।

पछिल्लो पटक मात्र नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबी बैंक, नबिल बैंक, सिटिजन्स बैंक लगायतले अब पनि लगानीकर्ताले आफ्नो लाभांस संकलन नगरे लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भन्दै ध्यानाकर्षण गराई रहेका छन् । यस्तै अधिकांस सूचीकृत कम्पनीमा भएको लाभांस चैत महिना पछि कम्पनी रजिष्ट्रारले कोषमा जम्मा गराउने छ । कोषमा यस्तो रकम जम्मा नहोस् र आफ्नो सम्पत्ती सुरक्षित होस् भन्ने लगानीकर्ताले तत्काल कम्पनीहरुको सेयर निष्काशन तथा बिक्री प्रबन्धककोमा सम्पर्क राखि लाभांस संकलन गर्नु पर्ने हुन्छ ।

कम्पनी अनुसार केहीको अब चार दिन मात्र समय बाँकी छ भने केहीले यस अघि नै सूचना प्रकाशित गरी लगानीकर्ताले नलगेको रकम कोषमा जम्मा गराई सकेका छन् । यस अघि प्राइम कमर्शियल बैंक, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरुले पाँच वर्ष पुरानो नगद लाभांसको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गराई सकेका छन् । अब चार दिन भित्रमा पनि लाभांस संकलन नगरे नेपाल इन्भेष्टमेण्ट बैंकले पनि त्यस्तो रकम कोषमा जम्मा गर्दैछ । त्यसै गरी सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी, एनएमबी बैंक लगायतका अधिकांस कम्पनीहरुले चैतसम्मको समय दिएर लगानीकर्तालाई आफ्नो लाभांस संकलन गर्न भनेका छन् ।

अहिले करोडौं रुपैंया बराबरको नगद लाभांस सम्बन्धित कम्पनीहरुमा जम्मा भएर बसेको छ । प्रत्येक वर्ष त्यस्तो रकम बढ्दै गएकाले सो रकमको सदुपयोग लगानीकर्ता संरक्षण कोषले गर्न लागेको हो । यसका लागि गरिएको व्यवस्था अनुसार सुचिकृत कम्पनीहरुले एक मिहनाको समय दिएर सूचना प्रकाशित गर्दै लाभांस संकलनका लागि आह्वान गर्नु पर्ने हुन्छ । सो समयमा पनि लगानीकर्ताले लाभांस संकलन नगरे स्वतः त्यो रकम सुचिकृत कम्पनीले लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नेछ ।

पाँच बर्षसम्म लगानीकर्ताबाट दाबी प्रस्तुत हुन नआएको रकम, पाँच बर्षसम्म लगानीकर्ताले संकलन नगरेको लाभांश रकम, उल्लेखित दुवै शीर्षक अन्तर्गतका रकममा प्राप्त ब्याज, लाभांश तथा बढेको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था छ ।

अब तपाईको यस्तो लाभांस कहाँ कहाँ छ ? सम्झिनु होस् । पाँच वर्षदेखि गत आर्थिक वर्षको साधारण सभाबाट पारित सबै लाभांस संकलन गर्नु होस् । अनि डिम्याट खातामा आफ्नो बैंक खाताको विबरण अद्यावधिक गराउनु होस् । जसले गर्दा आगामी वर्षदेखि तपाईले लाभांस रकम संकलन नभएको खबर कतै देख्नु नै पर्ने छैन । किनकी सुचिकृत कम्पनीहरुले बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिए जसरी नै तपाईको बैंक खातामा लाभांस रकम जम्मा गरिदिने छन् ।

रिलायबलको नगद लाभांस संकलन गर्नु भयो ? छैन भने कम्पनी रजिष्ट्रारले लैजाला

झण्डै पाँच करोड नगद लाभांश संकलन नगर्ने लगानीकर्ता को होलान् ?

साधारण सेयर आबेदन गर्दा बाँकी रहेको पैसा र नगद लाभांश नलिने पाँच बर्ष पुरानालाई अब यस्तो आपत्

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।