एन आई सी एशिया बैंकको नयाँ शाखा दुहवी, सुनसरीमा

Jun 25, 2017 merolagani

एन आई सी एशिया बैंक ले सुनसरीको दुहवीमा आईतबार १०८ औं शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी एवं दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीद्वारा संयुक्त रुपमा गरेका हुन् ।

बैंकले अन्य सम्भावित बजार क्षेत्रमा समेत ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको उत्कृष्ट बैंकमध्येको एक रहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।