पूँजीबजारलाई उत्पादनशील क्षेत्र घोषणा गर्न लगानीकर्ताको माग

Sep 20, 2017 merolagani

सेयर लगानीकर्ता संघले पूँजीबजारलाई उत्पादनशील क्षेत्र घोषणा गर्न माग गरेको छ । बुधबार संघले अर्थ राज्यमन्त्री उदयशमशेर राणालाई भेटेर पुँजी बजार सुधारका लागि तत्काल थाल्नुपर्ने कामहरुका बारेमा ज्ञापनपत्र प्रस्तुत गर्दे सो माग गरेको हो । साथै संघले यथाशिघ्र अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउन पनि अर्थमन्त्रालयको ध्यानकर्षण गराएको छ ।

यसैगरी, संघले सेयर कर्जामा मूल्यांकनको ७० प्रतिशतसम्म ऋण दिनुपर्ने व्यवस्था तत्काल कार्यन्वयनमा ल्याउन अर्थमन्त्रालयको ध्यानकर्षण गराएको छ ।

राष्ट्र बैंकले गएको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले सेयर कर्जामा प्राथमिक पुँजीको ४० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई परिमार्जन गरी साबिककै जस्तो प्राथमिक पुँजीको शतप्रतिशत नै सेयर कर्जा लगानी गर्न पाउने व्यवस्था गर्न माग समेत गरेको छ ।

त्यस्तै नागरिक लगानी कोष तथा कर्मचारी सञ्चय कोषलाई बजार निर्माताको जिम्मेवारी दिने व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने, गैरआवासीय नेपालीलाई पूँजीबजारमा भित्र्याउन तत्काल काम अघि बढाइनुपर्ने माग राखेको छ । त्यस्तै पुँजी बजारसम्बन्धी नीतिनियम बनाउँदा लगानीकर्ताको धारणा समेट्नुपर्ने तथा पुँजी बजारलाई उद्योगको रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गरिनुपर्ने माग उल्लेख छ ।

अर्थ राज्यमन्त्री राणाले संघको ज्ञापनपत्र बुझ्दै संघका माग पुँजी बजार विकासमा केन्द्रित भएकाले तत्काल काम अघि बढाउन पहल गर्ने आश्वासन दिएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले जानकारी दिए ।

 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।