अर्थमन्त्री महत माथि प्रधानमन्त्रीको गम्भिर आरोपः 'योजनाहरु मनोगत ढंगले निर्धारण गर्दा सरकार सफल हुन सकेन'

Feb 29, 2024 06:02 PM Merolagani



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री प्रकाशशरण महतमाथि गंभिर आरोप लगाएका छन् । 

अर्थमन्त्री महतसँगको बजेट निर्माणको विषयमा विवाद चर्किरहेको चर्चा भैरहेको बेला बिहीबार सिंहदरबारमा उच्च अधिकारीहरु सहभागी सरकारको नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले प्रधानमन्त्री दाहालले आफैंले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हाँसिल हुन सकेन ? भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर आफूले नभेटेको बताए ।

नाम नलिए पनि उनको स्पष्ट संकेत अर्थमन्त्री महतमाथि नै थियो भन्ने स्पष्ट छ  । प्रधानमन्त्री दाहालले सरकारका योजना तथा कार्यक्रमहरू निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको भन्दै उनले मनोगत ढंगबाट लक्ष्यहरू निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको बताउँदै आफैले निर्धारण गरेका लक्ष्यहरु पनि अहिले आएर संशोधन गर्नु पर्ने, घटाउनुपर्ने स्थिति देखापरेको बताएका छन् । उनले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालू अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको अवस्था रहेको प्रधानमन्त्रीले बताए ।

‘हामीले गएको साउन महिनामा आफैँले तयार पारेका माइलस्टोनहरु जसरी तोकियो, त्यो त हामीले नै बसेर तोकेको हो । त्यतिबेला पर्याप्त वस्तुगत र वस्तुवादी हुन सकेनौँ । अलि बढी मनोगत भयो । ती माइलस्टोनहरू अहिले हेर्दा परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको छ । हामीले जसरी लक्ष्य निर्धारण गर्नुपर्ने हो, त्यो लक्ष्य निर्धारण गर्ने कुरामा पनि मनोगत भएका छौं । यथार्थ धरातलसँग त्यति मिलेका छैनन् भन्ने कुरा देखियो । हामीले माघ मसान्तसम्म सम्पन्न हुनुपर्ने भनेर १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालू अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको देखियो ।’ प्रधानमन्त्रीले दाहालले भने ।प्रधानमन्त्री दाहालले राजश्व असुली कम हुनु र पूँजीगत खर्च बढ्न नसक्नुमा अर्थमन्त्री नै दोषी भएको आसय व्यक्त गरेका थिए ।

 

 

 




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।