फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्दै नेरुडे र मिर्मिरे लघुवित्त

Mar 10, 2024 08:26 AM Merolagani



नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते, बुधबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

यी दुई लघुवित्तले एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। यी दुई लघुवित्त एक बराबर १ शेयर स्वाप अनुपातमा एक आपसमा गाभिएका हुन्।

गत बैशाख १० गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेका हुन्। मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते यी दुई लघुवित्तलाई अन्तिम स्वीकृती प्रदान गरेको थियो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।