फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्दै नेरुडे र मिर्मिरे लघुवित्त

Mar 10, 2024 08:26 AM Merolagani



नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते, बुधबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

यी दुई लघुवित्तले एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। यी दुई लघुवित्त एक बराबर १ शेयर स्वाप अनुपातमा एक आपसमा गाभिएका हुन्।

गत बैशाख १० गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेका हुन्। मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते यी दुई लघुवित्तलाई अन्तिम स्वीकृती प्रदान गरेको थियो।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।