सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार गर्ने

Oct 18, 2022 08:16 AM Merolagani



सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ७ गते, सोमबारदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन्।

यी दुई निर्जीवन बीमा कम्पनीले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड (SGIC) को नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन्।

असोज ११ गते सम्पन्न यी दुबै इन्स्योरेन्सको विशेष साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो। त्यसैगरी, बीमा समितिले मर्जरका लागि यी दुई इन्स्योरेन्सलाई असोज १४ गते र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते स्वीकृती प्रदान गरेको थियो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।