सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार गर्ने

Oct 18, 2022 08:16 AM Merolagani



सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ७ गते, सोमबारदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन्।

यी दुई निर्जीवन बीमा कम्पनीले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड (SGIC) को नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन्।

असोज ११ गते सम्पन्न यी दुबै इन्स्योरेन्सको विशेष साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो। त्यसैगरी, बीमा समितिले मर्जरका लागि यी दुई इन्स्योरेन्सलाई असोज १४ गते र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते स्वीकृती प्रदान गरेको थियो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।