पुस १७ गतेदेखि एकीकृत कारोबार गर्दै कुमारी र एनसीसी बैंक

Dec 27, 2022 01:44 PM Merolagani



कुमारी बैंक (KBL) र नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले मर्जरपश्चात पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्। यी दुबै बैंकहरुले कुमारी बैंक लिमिटेडको नाममा एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

मंसिर २५ गते सम्पन्न यी बैंकहरुको विशेष साधारण सभाले १ बराबर १ शेयर स्वाप रेशियोमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए। एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस ६ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो।

पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माइग्रेशन प्रयोजनार्थ पुस १५ र १६ गते सार्वजनिक बिदाका दिन यी दुबै बैंकहरुले प्रदान गर्दै आइरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने भएको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।