पुस १७ गतेदेखि एकीकृत कारोबार गर्दै कुमारी र एनसीसी बैंक

Dec 27, 2022 01:44 PM Merolagani



कुमारी बैंक (KBL) र नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले मर्जरपश्चात पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्। यी दुबै बैंकहरुले कुमारी बैंक लिमिटेडको नाममा एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

मंसिर २५ गते सम्पन्न यी बैंकहरुको विशेष साधारण सभाले १ बराबर १ शेयर स्वाप रेशियोमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए। एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस ६ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो।

पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माइग्रेशन प्रयोजनार्थ पुस १५ र १६ गते सार्वजनिक बिदाका दिन यी दुबै बैंकहरुले प्रदान गर्दै आइरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने भएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।