यूनियन, गुराँस र प्राइम लाइफले बैशाख २६ गतेदेखि एकिकृत कारोबार गर्ने

May 07, 2023 11:18 AM Merolagani



यूनियन लाइफ इन्स्योरेन्स,प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले बैशाख २६ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्।

यी तीन वटै कम्पनी एक आपसमा मर्ज भएपश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्। एकिकृत कारोबारका लागि यी तीन कम्पनीलाई नेपाल बीमा प्राधिकरणले बैशाख १३ गते, नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २० गते अन्तिम स्वीकृत प्रदान गरेको छ।

डाटा माइग्रेशन प्रयोजनार्थ बैशाख २३, २४ र २५ गते तीन दिनका लागि यी तीनवटै इन्स्योरेन्सको सफ्टवेयर सिस्टम बन्द हुने तथा कम्पनीका सम्पूर्ण कार्यालयहरुबाट प्रदान गर्दै आइरहेका सेवाहरु बन्द रहनेछ।

यसका साथै मर्जर पश्चात शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनार्थ बैशाख २६ गतेदेखि यी कम्पनीहरुको शेयर कारोबार रोक्का गरिने भएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।