नेप्सेमा गिरावट जारी, दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार

Apr 15, 2024 03:12 PM Merolagani



साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १६.८२ अंक घटेर २००६.५२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ५० हजार ५२४ पटकको कारोबारमा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको ७२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ। यस दिन ८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चरको मूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिवाईसि नेपाल लघुवित्तको साढे ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा माई हाइड्रोपावरको करिब ७ करोडको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।