गत साता साढे २ प्रतिशत घटेर बन्द भएको नेप्से, यस साता के होला?

Apr 21, 2024 06:09 AM Merolagani



गत साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २०२५.३० विन्दुमा बन्द भएको नेप्से, गत साता २.६२ प्रतिशत अर्थात ५३.१६ अंक घटेर १९७२.१४ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमा चारै कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

सपोर्ट जोन नजिक

गत साता नेप्से निरन्तर घटेर सपोर्ट जोन नजिक पुगेको छ। हाल नेप्सेको सपोर्ट जोन १९१५ देखि १९५० सम्म रहेको छ। यस साता नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २११५ देखि २१५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साताका चारै कारोबार दिन नै नेप्सेले रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यसले ती दिनहरु र सो साता नेप्सेमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ५१ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ९९ करोड रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १६.०५ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै शून्य रेखाभन्दा तल अर्थात नकारात्मक क्षेत्रमा रहेको छ। त्यस्तै, एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। यसले हाल नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले सो साता नेप्सेमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।