प्रतिरोध क्षेत्र नजिक इष्टर्न हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Apr 27, 2024 07:04 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक ०.४४ प्रतिशत घटेको छ। गत साता २४०६.७० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १०.५२ अंक घटेर २३९६.१८ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो इष्टर्न हाइड्रोपावर लिमिटेड (EHPL)।

यस साता सो कम्पनीको शेयरमूल्य ४० रुपैयाँ ९० पैसा बढेको छ। गत साता ४३८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ४७९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध क्षेत्र नजिक

यस साता कम्पनीको शेयरमूल्य बढेर प्रतिरोध क्षेत्र नजिक पुगेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र ४९० देखि ५०५ सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य बढेमा सो क्षेत्रमा प्रतिरोधको सामना गर्नेछ भने ओरालो लागेमा ४१० देखि ४३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि कम्पनीको शेयरमूल्यले लामो पुच्छर र छोटो टुप्पी भएको बुलिश मैनबत्ती बनाएको छ। यसले सो साता र सो दिन कम्पनीको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ४ वटा सिग्नल दिइसकेको छ। जसमध्ये १ सिग्नलमा स्टप लस गर्नु परेको थियो भने ३ सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए। हाल एआई चार्टले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको २३ हजार ६४ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम २१ हजार ३७६ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ७.८९ प्रतिशत बढी हो।

बुलिश क्रशओभर

यस साताको पहिलो कारोबार दिन कम्पनीको शेयरमूल्यले बुलिश क्रशओभर बनाएको छ। कम्पनीको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो सिग्नल बनेको हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ। त्यसैगरी, यस साता कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दै गएको छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७ करोड ९४ लाख रुपैयाँबाट घटेर ७ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ३ करोड १ लाख रुपैयाँबाट घटेर २ करोड ७२ लाख रुपैयाँमा झरेपछि खुद नाफा बढ्न पुगेको हो।

६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ ९६ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात १०८.०४ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ६.३२ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ६२ लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण २ अर्ब ९७ करोड ४१ लाख ४० हजार रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ४०६ रुपैयाँ ४७ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ५०० रुपैयाँ रहेको छ भने न्यून मूल्य २७३ रुपैयाँ रहेको छ।

ब्रोकर २८ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर २८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको २७ हजार ५८७ कित्ता शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर १८ ले यस साता कम्पनीको सबैभन्दा बढी ३० हजार ९१६ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।