गत साता साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

May 05, 2024 05:49 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता १९६५.९३ विन्दुमा बन्द भएको नेप्से, गत साता १.६८ प्रतिशत अर्थात ३३.०३ अंक बढेर १९९८.९६ विन्दुमा पुगेको हो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिनका लागि बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

नेप्से परिसूचक हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा बजार उकालो लागेमा नेप्सेले २२१५ देखि २१५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १९१५ देखि १९५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा नेप्सेले गत साता लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो साताका सुरुवाति दिनहरुमा नेप्से उच्च बढेपनि अन्त्यतिर भने घटेको संकेत गर्दछ। यद्यपि, बजारमा खरिदकर्ताहरु बलियो रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले सो कारोबार दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

नेप्सेको बृद्धिलाई गत साता भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २२.१४ प्रतिशत बढी हो।

बुलिश क्रशओभर

गत साताको मंगलबार नेप्सेले बुलिश क्रशओभर बनाएको छ। एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्न थालेको छ। यसले आगामी दिनमा बजार बढ्ने संकेत गर्दछ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरसोल्ड जोनमा रहेको छ। यसले गत साता बजारमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।