गत साता साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

May 12, 2024 06:37 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन १९९८.९६ विन्दुमा बन्द भएको नेप्से, गत साता १.६८ प्रतिशत अर्थात ३२.७३ अंक घटेर १९६६.२३ विन्दुमा झरेको थियो।

गत साता ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो। गत साताको मंगलबार र बिहीबार नेप्से बढेको थियो।

 

टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक घटेर टेवा क्षेत्र नजिक झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र १९१५ देखि १९५० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २११५ देखि २१५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब १ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३.६५ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम, एमएसिडी रेखा र सिग्नल रेखा सबै शून्य रेखाभन्दा तल रहेको छ। यसले सो साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी साँघुरो छ भने हिस्टोग्रामको उचाई पनि घट्दो छ।

बिक्रीचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले गत साता बजारमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।