घोराही सिमेन्टको कस्ताे छ वित्तीय अवस्था?

May 13, 2024 09:23 AM Merolagani



घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेड (GCIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ भने खुद नाफा ऋणात्मक भएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनी ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड ३९ लाख रुपैयाँ नाफामा थियो।

आम्दानी घटेको र लागत खर्च बढेका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.६९ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ५७.७६ प्रतिशत घटेको छ भने अन्य आम्दानी ८९.६३ प्रतिशत घटेको छ। चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा २२ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ ५५ पैसा रहेको छ।

४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ५० करोड ६१ लाख रुपैयाँ सञ्चित छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।