गत साता साढे २ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

May 19, 2024 06:03 AM Merolagani



गत साता नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेर बन्द भएको थियो। अघिल्लो साता १९६६.२३ विन्दुमा बन्द भएको नेप्से, गत साता २.६७ प्रतिशत अर्थात ५२.५३ अंक बढेर २०१८.७६ विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो। गत साताको बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो।

 

प्रतिरोध क्षेत्रमा

गत साता नेप्से परिसूचक प्रतिरोध क्षेत्रमा पुगेर बन्द भएको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २०२० देखि २०५० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले प्रतिरोध तोडेर उकालो लागेमा २२४० देखि २२८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा नै प्रतिरोधको सामना गरी ओरालो लागेमा नेप्सेले १९३० देखि १९५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

गत साता साप्ताहिक रुपमा नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताका अन्तिम दुई कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। जसले ती दिनहरुमा बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्से बढेसँगै भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ५ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २१.९६ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता नेप्से बुलिश प्रवृत्तिमा रहेको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ भने हिस्टोग्राम सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेका छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।