बाटाे पत्ता लगाउने 'गुगल म्याप्स' काे पछि लाग्दा नदीमा कार खसेपछि..

May 27, 2024 04:50 PM Merolagani



गुगल म्याप्स विश्वव्यापी रूपमा नै लोकप्रिय नक्सा उपलब्ध गराइदिने सेवा हो। गुगल म्याप्स मार्फत थाहा नभएका बाटाेहरू पत्ता लगाउन सकिन्छ । 

यदि तपाईंलाई बाटो देखाउने व्यक्तिले नै तपाईंलाई 'गलत बाटो' देखाउँछ भने के हुन्छ ? यस्ताे घटना गुगल म्याप्समा धेरै पटक भएको छ। भारतकाे केरलाबाट गुगल म्याप्ससँग सम्बन्धित यस्ताे घटना घटेकाे हाे। 

खासगरी, एक पर्यटकहरूको समूहले गुगल म्याप्स मार्फत आफ्नो बाटो खोजिरहेको थियो । तर नक्सा हेर्दाहेर्दै अचानक यो समूह समस्यामा पर्यो। हैदरावादबाट आएका यी पर्यटकहरू गुगल म्यापकै कारण दक्षिण केरलाको कुरुपन्तारा नदीमा खसेका थिए । प्रहरीले मे २५ अथवा शनिबार सो जानकारी दिएको थियाे।

कसरी खोलामा खस्यो गाडी ?

यो घटना गत शुक्रबार रातिको हो । त्यस रात, एक महिला सहित चार जनाको समूह एक कारमा अलाप्पुझा तर्फ गइरहेको थियो। यस क्षेत्रमा भारी वर्षा भएकाले उनीहरु आवतजावत गर्ने बाटो पानी नै पानीले भरिएको थियो । यद्धपी पर्यटकहरूलाई त्यस क्षेत्रको बारेमा धेरै थाहा थिएन ।

त्यसैले, उनीहरुले गुगल म्याप्सकाे भर परिरहेका थिए । उनीहरू गुगलले नै देखाएको बाटो पछ्याइरहेका थिए ।

गुगलकै नक्सा पछ्याइरहेकाे समयमा नै उनको कार नदीमा खस्याे । कारमा सवार चार जनाको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । कार पानीमा डुबेका कारण कार बाहिर निकाल्ने पनि प्रयास गरिएकाे थियाे । 

के यसअघि पनि यस्तो दुर्घटना भएको थियो ?

केरलामा भएकाे यो दुर्घटना यस प्रकारको पहिलो घटना होइन। यसअघि पनि गुगल म्यापका कारण धेरै मानिस दुर्घटनाको सिकार भएका छन् ।  गत वर्षको अक्टोबरमा पनि भारतमा कार दुर्घटनामा दुई डाक्टरको मृत्यु भएको थियो । गुगल म्यापले देखाएको बाटोमा हिड्दै गर्दा उनीहरुको कार नदीमा खसेको थियो। 

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।