सातामा साढे १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jun 15, 2024 05:13 AM Merolagani



यस साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २०७७.७८ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६६ प्रतिशत अर्थात ३४.५१ अंक बढेर २११२.२९ विन्दुमा बन्द भएको छ।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने दुई कारोबार दिन घटेर बन्द भएको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको हो। यस साताको बजारलाई बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्ने समाचारले प्रभाव पारेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स १.०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १.९३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता भोल्यूम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब १६ करोडको शेयर कारोबार भएको बजारमा, यस साता दैनिक औषतमा ५ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १ अर्ब ५५ करोड अर्थात ३७.४९ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत कारोबार संख्या २७.७४ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या ४१.९४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ९४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १.६६ प्रतिशत अर्थात ५४ अर्ब रुपैयाँ बढेर ३३ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ। गत साता २१५८.२२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १२२.३४ अंक बढेर २२८०.५६ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७७.८२ अंक बढेको छ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत घटेको छ भने अंकका आधारमा व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८७.६४ अंक घटेको छ।

यस साता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४२.११ प्रतिशत बढेको छ। त्यस्तै, यस साता मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ३१.७९ प्रतिशत र बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ३० प्रतिशत बढेको छ। यस साता बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १५.०६ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने १० प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता उपकार लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल दूरसञ्चार कम्पनी, मिड सोलु हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।