नेप्सेमा गिरावट जारी, कारोबार रकम पनि घट्यो

Jun 16, 2024 03:09 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १७.०४ अंक घटेर २०९५.२५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ६ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ७१ हजार ९९७ पटकको कारोबारमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सो फाइनान्सको शेयरमूल्य यस दिन ६० रुपैयाँ १० पैसा बढेर ६६१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन भगवती हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११३ रुपैयाँ १० पैसा घटेर १ हजार १७ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेपाल फाइनान्स यस दिन कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १८ करोड नाघेको छ भने ङादी ग्रुपको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन होटल तथा पयर्टन उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशत घटेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।